
२० जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अहिले पनि मुलुकमा वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् । तर वामपन्थी आन्दोलनका मूल नेताले नै यसको महत्व र आवश्यकता नबुझेकाले तत्काल एकताको सम्भावना नरहेको उनको भनाइ छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा भाग लिन नयाँ बानेश्वस्थित संसद भवन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मूल नेताहरुले नै वामपन्थी एकताको आवश्यकता बुझ्न नसकेको गुनासो गरे ।
‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफुलाई मुल भन्ने नेताहरु जुन छन् नि ति नेताहरु एकताको पक्षमा छैनन्’ उनले भने, ‘त्यसकारणले नेताहरुले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेला सम्म वामपन्थी एकता सम्भव नै हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4