२३ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् ।
बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरू अपराधी भएको बताए ।
‘सरकारको सम्पती जलाउनेहरू अपराधी हुन् की होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ति अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा,’ उनले भनेका छन् ।
‘उनीहरूलाई अन्तरिम सरकारले के गर्छ ?’ भन्दै उनले प्रश्न गरे । निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको उनको भनाइ छ ।
‘के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरू तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरू कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन्,’ उनले भने ।
प्रतिक्रिया 4