२७ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत प्राप्त गरेर देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार बनाउने बताएका छन् ।
जेनजी रेडफोर्सले आयोजना गरेको आईतवार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले पार्टीको अबको लक्ष्य निर्वाचनमा बहुमत ल्याउने रहेको बताए ।
बहुमत ल्याएपछि नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गरेर वैज्ञानिक समाजवादको दिशातर्फ देशलाई लैजाने उनले बताए ।
सम्पूर्ण नेपालीको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टीले गर्ने पनि दाबी गरे । नेपाली कम्युनिस्ट पार्टीको उम्मेद्वारलाई जिताउनको लागि देशभर तयारी थाल्न पार्टीका कार्यकर्तालाई निर्देशन दिए ।
‘नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई करोड ९२ लाख जनतालाई एकतावद्ध गरेर हामी अब नयाँ समाजवादी क्रान्तिमा जाँदैछौँ । तर अहिले चाहीँ हामी निर्वाचनको अभियानतर्फ अगाडि बढ्दैछौं,’ उनले भने, ‘यो निर्वाचनमा तपाई हामीले देशव्यापी रुपमा हाम्रा उम्मेदवारहरुलाई विजयी गराएर आउने संसदलाई परिवर्तनकारी संसदको रुपमा रुपान्तरण गर्नको लागी देशव्यापी रुपमा हाम्रो उम्मेदवारहरुलाई विजयी गराउने र हामीले बहुमत प्राप्त गरेर यो देशमा नयाँ वामपन्थी क्रान्तिकारी सरकार निर्माण गर्नु आजको हाम्रो कार्यनितिक लक्ष्य हो ।’
उनले युवाहरुलाई पार्टी नेतृत्वको लागि तयार गर्ने कुरामा आफूहरु लागेको पनि जानकारी दिए ।
प्रतिक्रिया 4