+
+
Shares

झलनाथ खनालको क्षेत्रमा सूर्योदय नगरका मेयरलाई नेकपाको टिकट

मेयरमा प्रतिस्पर्धा गरेका राई र कागते सांसदमा भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ५ गते २१:५४

५ माघ, इलाम । नेपाली कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र, इलाम–२ मा रणबहादुर राईलाई टिकट दिएको छ ।

राई सूर्योदय नगरपालिकाका मेयर हुन् । खनालले चुनाव नलडेपछि उनी निकट राईलाई टिकट दिइएको नेताहरूले बताएका छन् ।

गत चुनावमा यही क्षेत्रबाट खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । यो क्षेत्रमा एमालेले पनि उम्मेदवार फेरेको छ ।

झलनाथलाई हराएका बस्नेतलाई टिकट नदिएर एमालेले काजीमान कागतेलाई उम्मेदवार बनाएको छ । २०७९ को स्थानीय चुनावमा सूर्योदय नगरपालिकामा मेयर पदका उम्मेदवार थिए । तर तत्कालीन एकीकृत समाजवादीका राईसँग पराजित भएका कागतेलाई एमालेले टिकट दिएको छ ।

तर मेयरको कार्यकाल पूरा नहुँदै राई उम्मेदवार बनेकाले कागतेसँग प्रतिनिधि सांसदमा पनि प्रतिस्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?