+
+

द्रुतमार्गमा सुरुङको काम रोकेर निर्माणस्थलको निरीक्षण गर्दै सेना

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २२ गते १९:१९

२२ जेठ, काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्ला पुलहरु निर्माणको काम रोकेको छ । ठेकदार कम्पनीहरुले गरेको कामको पुनारावलाकन र समीक्षा गर्न भन्दै सेनाले सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार निर्माण कम्पनीलाई नभएर निर्माणको काम मात्रै निलम्बन गरिएको हो । अब परामर्शदाता कम्पनी र निर्माण कम्पनीले संयुक्त रुपमा ‘फिल्ड भिजिट’ (निर्माणस्थलको निरीक्षण) गरेपछि निलम्बन फुकुवा हुने सिलवालले बताए ।

‘सोमबारदेखि ती दुवै प्याकेजमा भएका कामको समीक्षा हुन्छ,’ उनले भने, ‘त्यसका लागि परामर्शदाता पनि फिल्ड जान्छ ।’

सुरुङमार्गहरू बनाउन दुई वटा प्याकेजमा ठेक्का लागेको छ । ईपीसी मोडलको ठेक्काअनुसार ठेकदारहरुले निर्माणको काम गरिरहे पनि गत सुस्त छ ।

यी दुई प्याकेजको लागत नेपाली मूल्यअनुसार ४४ अर्ब रुपैयाँ छ । एउटा प्याकेजअन्तरगत मकवानपुरको धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माण अघि बढेको छ । यो काम पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा सो कामको ठेक्का पाएको थियो ।

मकवानपुरकै महादेवडाँडामा अर्को ३.३ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ बुटवाल–नारायणगढ सडकखण्डको ठेकदार कम्पनी हो । कम्पनीले लामो समय भइसक्दा पनि सो सडकखण्डमा सुस्त ढंगले काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?