+
+

राष्ट्रिय टिमको अहिलेसम्मकै ठूलो नतिजा- ग्यारेथ बेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १५:००

२३ जेठ, काठमाडौं । वेल्सका सुपरस्टार स्ट्राइकर ग्यारेथ बेलले आइतबार राती विश्वकप प्लेअफ फाइनलमा युक्रेनमाथिको रोमान्चक जित राष्ट्रिय टिमको अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा भएको बताएका छन् ।

खेलको ३४ औं मिनेटमा रियल मड्रिडका पूर्व स्ट्राइकरको प्रिकिक युक्रेनका कप्तान एन्डिरी यार्मोलेन्कोले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए ।

यो नतिजाले वेल्सलाई ६४ वर्षपछि विश्वकपमा पु¥याएको छ । ‘यो वेल्स फुटबल इतिहासको सबैभन्दा ठूलो नतिजा हो,’ बेलले स्काई स्पोर्टससँगको कुराकानीमा भनेका छन्, ‘यसको मतलव सबैथोक हो । यो सपना पूरा भएको क्षण हो । म यति खुसी छु कि केहि बोल्नै सकिरहेको छैन । अहिले हामीले कस्तो महशुस गरिरहेका छौं भनेरस शब्दमा वर्णन गर्न सकिन्न ।’

वेल्सले विश्वकपका लागि नोभेम्बरमा कतार भ्रमण गर्नेछ । जहाँ उसले समूह ‘बी’मा इंग्ल्याण्ड, अमेरिका र इरानसँग खेल्नेछ ।

‘हामीले सम्पूर्ण करिअरमा गरेको कामको उपलब्धी आजको यो नतिजा हो । समर्थक, राष्ट्र, आआफ्नो परिवारका लागि यो सफलता एक अविश्वसनीय उपलब्धी हो । यसका लागि हामीलाई सधैं गर्व रहनेछ,’ बेलले भने ।

गोलरक्षक वायने हेन्नेस्सीले एकपछि अर्को शानदार बचाउ गर्दै वेल्सको जितमा सानदार प्रदर्शन गरे । टिमको प्रदर्शनबारे प्रशिक्षक रब पेजले भनेका छन्, ‘मलाई मेरा खेलाडीप्रति गर्व छ । उनीहरु यसका हकदार थिए । मेरा केटाहरुले विश्वकपलाई सपना बनाएका थिए । अब हामी त्यहाँ पुगेका छौं ।’

सिक्काको अर्को पाटो युक्रेनका लागि एउटा ठूलो आशा समाप्त भएको थियो । उनीहरु इतिहासमै दोस्रोपल्ट विश्वकप छनोटको सन्निकट थिए ।

रुसको आक्रमणबाट प्रताडित युक्रेनी जनतालाई फुटबलबाट खुसी दिने अभियानमा रहेको राष्ट्रिय टिमले अघिल्लो साता प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

युक्रेनका स्टार अलेक्जेन्डर जिन्चेन्कोले स्काई स्पोर्टससँग भने, ‘वेल्सका लागि गोलरक्षकले कमालको प्रदर्शन गरे । उनी निश्चित रुपमा म्यान अफ द म्याच हुन् । म आफ्ना समर्थकसँग माफी माग्छु । तर, वेल्सलाई विश्वकपका लागि शुभकामना दिन चाहन्छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?