+
+

सप्तरीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते २०:५३

२३ जेठ, सप्तरी । सप्तरीमा सोमबार बेलुकी भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुरुङा ३ का ६८ वर्षीय रामनारायण चौधरी रहेका सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुने चौधरी नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य हुन । उनी स्थानीय तह चुनावमा सुरुङा नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?