+
+

एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी आजदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २४ गते १२:०१

२४ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आसन्न १९औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयारी मंगलबारदेखि सुरु गर्ने भएको छ ।

राखेपले एसियाडमा २३ खेल समावेश गर्ने निर्णय गरेसँगै अघिल्लो महिना सबै खेलको राष्ट्रिय टिम छनोट भइसकेको छ । भदौ अन्तिम सातादेखि चीनको ह्वाङझोउमा सुरु हुने भनिएको एसियाली खेलकुद कोरोना महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित भइसकेको छ ।

एसियाड स्थगित भए पनि राखेपले टिम छनोट भइसकेका कारण तयारी सुरु गर्ने निर्णय गरेको हो ।

नेपालबाट एसियाडमा सहभागी हुने खेलः एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराँते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, ट्रायथोलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्याण्डबल, टेवलटेनिस, महिला भलिबल, पुरुष त्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?