+
+

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

रासस रासस
२०७९ जेठ २४ गते १९:३८
फाइल तस्वीर

२४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका चार जना महिलाहरु मंगलवार दिउँसो बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटेको मृत्यु भएको हो । उनीसँग गएका अन्य तीन जना भने सकुशल छन् ।

उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो ।

पछिल्लो समयमा निकुञ्जका मध्यवर्ती तथा सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणबाट ज्यान गुमाउनको संख्या बढ्दै गएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?