+
+

नेपाल बैंकले सार्वजनिक गर्‍यो वित्तीय साक्षरता पुस्तिका

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १२:१०

काठमाडौं । कर्ले ‘आर्थिक समृद्धि लागि वित्तीय साक्षरता’ नामक वित्तीय साक्षरता पुस्तिका सार्वजनिक गरेको छ । प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बैंकले उक्त पुस्तिका सार्वजनिक गरेको हो ।

पुस्तिका विमोचन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्धि गर्न यो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गरे । वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीताबाट नै आर्थिक समृद्धि हुन सक्ने उनको भनाइ थियो ।

सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको बताए । उनले यस पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता वित्तीय समावेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्घता व्यक्त गरे । बैंकको मार्केटिङ तथा रिसर्च डिभिजनले उक्त पुस्तिका तयार गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?