+
+

प्रकाश दूतराजले अघिल्ला चार सिर्जनाका पात्र समेटेर ल्याए नयाँ गीत ‘मन भुल्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १३:२५

काठमाडौं । गायक प्रकाश दूतराजले नयाँ गीत ‘मन भुल्छ’ ल्याएका छन् । आफ्ना मौलिक सांगीतिक सिर्जनामार्फत स्रोता-दर्शकको मन जितिरहेका प्रकाशले मंगलबार राति नयाँ गीत सार्वजनिक गरेका हुन् ।

चर्चित गीत ‘जाम भो माइली’पछि सात महिनाको अन्तरमा उनले यो गीत ल्याएका हुन् । प्रकाशकै शब्द तथा संगीत रहेको यो गीतमा उनका साथै शान्तिश्री परियारको स्वर रहेको छ । गीतलाई कृष्ण विकले एरेन्ज गरेका छन् ।

प्रकाश र शान्तिश्रीले गाएका ‘घर कता हो बहिनी’ र ‘जाम भो माइली’ गीत युट्युब भ्युजमा करोड क्लबमा पुगिसकेका छन् ।

‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् । यसमा उनले आफ्ना यसअघि हिट भएका गीतको भिडियोका पात्रहरुलाई एउटै भिडियोमा प्रस्तुत गरेका छन् ।

प्रकाशका ‘बैनी झ्यालैमा’, ‘चोली मैलै भो’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ चर्चित गीतका भिडियोका पात्रहरुलाई नयाँ गीतमा प्रस्तुत गरेका छन् ।

भिडियोमा प्रकाश दूतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन र रोशनी कार्कीले अभिनय गरेका छन् । उनीहरुबाहेक अघिल्ला कुनै पनि गीतमा नरहेकी गीता ढुंगाना पनि भिडियोमा फिचर्ड छिन् । भिडियोका निर्देशक मौसम हिमाली हुन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?