+
+

विदेशबाट फर्किएका श्रमिकको पुनरुत्थानमा स्वीट्जरल्यान्डले सघाउने

८६ करोड रुपैयाँ सहायता सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १४:५०

२५ जेठ, काठमाडौं । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका श्रमिकको पुनरुत्थानमा स्वीट्जरल्यान्डले सघाउने भएको छ ।

आप्रवासी श्रमिककको पुनर्मिलन परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा नेपाल र स्वीस सरकारबीच सम्झौता भएको छ ।

अर्थ मन्त्रायका अनुसार कुल ६.८ स्वीस फ्राङ्क (८६ करोड ४४ लाख रुपैयाँ) प्राप्त गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । यो परियोजनाको उद्देश्य वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई नेपालमा पुनर्स्थापना गर्नु हो । यस परियोजना मार्फत उनीहरुलाई सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवनमा सहभागी हुन मद्धत गर्नु रहेको मन्त्रालयले जनाएको छ ।

परियोजनाले विदेशमा सिकेको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालमै उपयोग गर्न समेत सघाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० बाट प्रदेश नम्बर १ र मधेश प्रदेशका २० स्थानीय तहमा यो परियोजना केन्द्रित हुनेछ । परियोजनाको अवधि चार वर्षको हो ।

बुधबार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र स्वीस सरकारका तर्फबाट नेपालका लागि प्रतिनिधि सिल्भाना होगले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?