+
+

कलाकारलाई विमानस्थलको भीभीआईपी कक्ष प्रयोग गर्न दिन गृहलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १३:०४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलाकारलाई त्रिभुवन विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्षको प्रयोग गर्न अनुमति दिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

यसबारेमा पहल गर्न अभिनेता शिव श्रेष्ठ पर्यटनमन्त्री प्रेम आलेलाई भेट्न सिंहदरबार पुगेका थिए । गृहमा पत्राचार गर्नुअघि आफूलाई मन्त्री आलेले छलफलमा बोलाएकाले गएको श्रेष्ठले बताए ।

सरकारबाट विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई ‘फिल्म इम्पोर्टेन्ट पर्सन’को रुपमा विदेश प्रस्थान गर्दा र फर्किंदा विमानस्थलको अति विशिष्ट वा विशिष्ट कक्षको प्रयोग गरी आवतजावत गर्न दिन भन्दै पर्यटनले गृहलाई पत्राचार गरेको हो ।

पर्यटन मन्त्रालयसँग समन्वय गरी यस्तो व्यवस्था कार्यान्वयन गर्न पत्रमा भनिएको छ । भीआईपी र भीभीआईपीको सूची गृहले तयार पार्दै आएको छ । २०६६ चैत १ गते दुई दर्जन फिल्मकर्मीले सरकारबाट विशिष्ट श्रेणीको चलचित्रकर्मीको मान्यता पाएका थिए ।

चलचित्र विकास बोर्डले कलाकारलाई यस्तो सुविधा दिन माग गर्दै आर्थिक वर्ष २०७७/०७८ को चलानी नम्बर ७२७ पत्रमार्फत माग राखेको थियो । गत शनिबार चलचित्र संघको कार्यक्रममा पर्यटनमन्त्री आलेले यसबारे आफूले पहल गर्ने बताएका थिए ।

नेपालमा कलाकारको सम्मान गर्ने परिपाटी नरहेको भन्दै मन्त्री आलेले यस्तो सुविधा दिइनु जरुरी भएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?