+
+

चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु

सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १७:२३

२६ जेठ, सप्तरी । सप्तरीमा बिहीबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बोदे बर्साइन नगरपालिकामा बर्षासँगै खसेको चट्याङले उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका वडा नम्बर ३ मधवन निवासी ५६ वर्षीय रामजी यादव र ६५ वर्षीय सत्यनारायण यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खेतमा काम गरिरहेको बेला वर्षा हुन थालेपछि एउटै छातामा दुवैजना ओत लागेको अवस्थामा खसेको चट्याङ लागेर घाइते भएका दुवै जनालाई अस्पताल पुर्‍याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?