+
+

व्यास नगरपालिकाको अण्डरग्राउण्ड पार्किङ पोखरीमा परिणत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १९:०२

२६ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाका कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ । किनकी नगरपालिकाको कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ ।

सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ ।

व्यास ३ का आकाश अधिकारीले आफूले केही समयअघि त्यहाँ गाडी पार्किङ्ग गरेको र निकाल्न जाँदा जुत्ता मोजा फुकालेर जानु परेको सुनाए । ‘गाडी राख्दा पानी जमेकी थिएन,’ उनले भने, ‘एक छिन पानी परेको थियो, पछि गाडी निकाल्न जाँदा त पानी जमिसकेछ ।’

भल पसेर नभएर जमिनरसाएर अण्डरग्राउण्डमा पानी जम्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल बताउँछन् । उनले भने, ‘१५ दिन भित्रमा पानी जम्ने समस्याको समाधान गरिन्छ । पानी रसाएर तेस्तो भएको हो, पानी रोक्न विकल्प खोजिन्छ ।’

नगरपालिकाले पार्किङस्थल केही समयअघि भाडामा लगाएको थियो । तर पछि नगरपालिकाले हटाएको छ । अहिले त्यहाँ नगरपालिका कर्मचारीको मात्र सवारी साधन राख्ने गरिएको छ । पानी जम्ने समस्याकै कारण मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतका गाडी, दमकल र एम्बुलेन्स भने पुरानै भवनको प्राङ्गणमा राखिने गरिन्छ ।

११ करोड भन्दा बढी रुपैयाँ खर्च गरेर काठमाडौंस्थित सिनर्जी बिल्डर्स प्रालिले यो भवन निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?