+
+

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १९:२९

२७ जेठ, काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको लागि समझदारी भएको छ ।  दुवै बैंक एकआपसमा गाभिन शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । यस्तै बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे रहने छन् भने प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी इन्भेष्टमेण्ट बैंककै ज्योतिप्रकाश पाण्डेलाई दिने समझादारी छ । यस्तै डेपु्टी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेगा बैंककी कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रवीना देशराज जोशी हुनेछिन् ।

असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्ने गरी दुवै बैंकले डीडीए, साधारण सभा लगायतका कामलाई तीब्र बनाउने समझदारीमा उल्लेख छ । सम्झौता पछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चुक्ता पूँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड र मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?