+
+

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १०० कर्मचारी स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते ९:०२

२९ जेठ, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ । खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।

वरिष्ठ कन्सल्यान्ट कार्डियाक सर्जन, वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्टेन्ट एनस्थेसिस्ट, वरिष्ठ नर्सिङ सुपरभाइजर, प्रशासन उपप्रमुख, वरिष्ठ फर्मासिस्ट, ल्याब टेक्नोलोजिस्ट, प्रशासन सहायक लगायत पदमा दरखास्त आह्वान गरिएको छ ।

कुनै पदमा आजको दिनदेखि ३० दिनभित्र र कुनै पदमा २१ दिनभित्र दरखास्त दिनुपर्ने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना – 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?