+
+

झण्डै ५ महिनापछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते २०:१४
उपकुलपति कार्यालयको ताला खुलेपछि आइतबार कार्यालयबाहिर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरु । तस्वीर सौजन्य : मदन विष्ट ।

२९ जेठ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ । विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ ।

आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ ।

हेर्नुहोस् विश्वविद्यालय र आंशिक प्राध्यापकबीच भएको सहमति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?