+
+

स्वस्थ भएपछि गीत गाउँछु भन्दै रिह्याब सेन्टरमा फर्किए जी-बब

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १७:०५
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जी-बब

काठमाडौं । आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनमा र्‍यापर जी-बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले प्रशासनमा निवेदन दिएको समेत उनले जनाए ।

आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यसँगै त्यतसर्फ लागेका हुन् ।

आफूलाई अहिले पनि उपचारको खाँचो भएको भन्दै जी-बबले स्वस्थ भएर काममा फर्किने बताए । उक्त रिह्याबका सञ्चालक टासी लामाले जी-बबले आफूसँग सहयोग मागेको र उनलाई उपचारको जरुरी भएको बताए ।

टासीले भने, ‘ऊ मेन्टल्ली प्रिपेयर छैन । डिस्टर्ब छ । उसलाई केही समय दिनुस् । अहिले पनि मानसिक रुपमा कमजोर नै छ ।’ आफू पुनः रिह्याबमा बस्छु भनेर जी-बबले फोन गरेपछि बोलाएको लामाले पत्रकार सम्मेलनमा बताए ।

विवाद समाधान गर्न आफू, परिवार र एएनटीएफबीच छलफल गर्ने समेत जी-बबले बताए । पारिवारिक किचकिचले आफूले घर छाडेको भन्दै उनले तत्काल घर नजाने समेत बताए ।

पत्रकार सम्मेलनमा एएनटीएफका सदस्य हाकिम गुरुङले पनि जी-बब र परिवारबीचको विवादमा एएनटीएफ नरहेको बताए । विवाद समाधानमा सघाउन आफूहरु तयार रहेको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?