+
+

सुशान्तसँगको प्रेम स्वीकार्दै आनाले सेयर गरिन् रोमान्टिक तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:३१

काठमाडौं । ‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि प्रेममा छन् ।

गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् । मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै देखिए ।

अहिले भने यो जोडीले खुलेरै प्रेमलाई स्वीकारेको छ । आनाले सुशान्तसँगका रोमान्टिक तस्वीरलाई इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । हिजोको गुपचुप प्रेम अहिले सार्वजनिक रुपमै फक्रिन थालेको छ ।

यसअघि आनाको नाम अनमोल केसी र सोनम शेर्पासँग पनि गाँसिएको थियो । दुवैसँग ब्र्रेकअपपछि आना सुशान्तसँग निकट भएकी हुन् ।

आना अहिले एक फिल्मको छायांकनको तयारीमा छिन् भने सुशान्त विदेश भ्रमणको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?