+
+

सुटिङ सेटमै छताछुल्ल पूजा र आकाशको असहज सम्बन्ध !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:५५

काठमाडौं । के ब्रेकअपपछि पनि प्रेमजोडी असल साथी बन्न सक्छन् ? विदेशतिर सम्बन्धबाट अलग भइसके पनि व्यावसायिक पक्षमा भने सेलिब्रिटी एकसाथ देखिन्छन् ।

तर पूजा शर्मा र आकाश श्रेष्ठ भने यो कुरामा अपवाद देखिए । ब्रेकअप भएको लामो समय बिते पनि यी दुई जनाबीच अहिलेसम्म हार्दिकता पलाएको देखिएन ।

सन्दर्भ : अहिले छायांकन भइरहेको फिल्म ‘सम्झना बिर्सना’ गीतको । डिस्को हुँदै भक्तपुर दरबार स्क्वायर र सोमबार ललितपुर गोदावरीमा अन्तिम दिनको छायांकन भयो ।

तर पूजा र आकाशबीचको सम्बन्ध सहज नहुँदा छायांकनमा कठिनाइ भएको गुनासो फिल्म निर्माताले गरेका छन् । ‘पहिलेजस्तो सहज ढंगले सट दिइरहेका छैनन् । हेर्दा सम्बन्ध साँच्चिकै बिग्रिएको भन्ने बुझिन्छ,’ निकट स्रोतले भन्यो ।

‘निर्देशकले सिकाए जसरी काम त गर्छन्, तर पहिले जसरी सिकाएर गरिएको देखिएन । अस्ति नै मार्क गरेका थियौं डिस्कोमा । हिजो पनि देख्यौं,’ स्रोतले भन्यो, ‘आफ्नो मात्र काम गर्ने, बिग्रिएको भनेर मतलब नगर्ने । ‘कट्’ भन्नेबित्तिकै आफ्नो कामतिर लाग्ने । एकअर्काको वास्ता नगर्ने रहेछ अहिले सम्बन्ध ।’

‘प्रेम नभए पनि आर्टिस्टलाई को-अपरेट गर्नुपर्छ । सबैले महसुस गरेका छन्,’ स्रोत बताउँछ । छायांकनमा पूजा र आकाशले एकअर्काले अनुहार फेस पनि नगरेको त्यहाँ उपस्थित बताउँछन् ।

‘रामकहानी’ जोडी कुनैबेला प्रेममा थियो । तर कोरोना महामारीको समयदेखि यी दुई अलग भएका हुन् । त्यसयता उनीहरुले एउटै फिल्ममा साइन पनि गरेका छैनन् । ‘सम्झना बिर्सना’पछि उनीहरु अभिनित ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?