+
+

गाँजा खेतीबारे अध्ययन गर्दै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १२:२०

१ असार, काठमाडौं । सरकारले गाँजा खेतीलाई खुला गर्ने सम्बन्धी मागका विषयमा अध्ययन सुरु गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीका अनुसार गाँजा खेतीलाई खुला गर्नुपर्ने भनी संसदमा गैरसरकारी विधेयकसमेत दर्ता भएपछि सरकारले अध्ययन थालेको हो ।

कानुन मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कानुनमन्त्री बन्दीले गााजा खेतीबारे अध्ययन भैरहेको जानकारी दिएका हुन् । ‘गाँजा खेतीको सन्दर्भमा कानुन आयोगलाई अध्ययन गरेर अन्य मुलुकमा यसको के प्रचलन छ ? नेपालमा कसरी गर्न सकिन्छ ? वा सकिंदैन भन्ने विषयमा अध्ययन गर्न लगाएका छौं,’ बन्दीले भनेका छन् ।

नेपाल कानुन आयोगले गाँजा खेतीका सम्बन्धमा अध्ययन गरिरहेको र आयोगले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने उनको जवाफ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?