+
+
Shares

सांसद राईको प्रश्न : नेपालमा गाँजा खेती किन बन्द ?

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो भएको बताए।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धनकुटाका जनता निराश रहेको र गाँजा खेती गर्ने युवाहरू जेलमा रहेको बताएका छन्।
  • सांसद राईले नेपालको हावापानी सुहाउँदो गाँजा खेतीलाई आर्थिक समृद्धिको बाटो बनाउन कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
  • उनले विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले गाँजालाई लागुऔषधको सूचीबाट हटाइसकेको भन्दै ६२ देशमा यसबाट आर्थिक समृद्धि हासिल भएको उल्लेख गरे।

२ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले धनकुटाका जनताहरु निराशमा रहेको बताएका छन् । जीविका चलाउन गाँजा खेती गरेका युवाहरूले जेल भरिएको उनको भनाइ थियो।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो भएको बताए। नेपालको हावापानी सुहाउँदो हिमाल, पहाड र तराईमा गाँजा खेती हुने भन्दै उनले यस निम्ति निम्ति कानुन बनाउन आवश्यक रहेको बताए।

विश्व स्वास्थ्य संगठनले ९९ प्रतिशत गाँजा औषधिको निम्ति प्रयोग हुन्छ भनेर प्रमाणित गरिसकेको उल्लेख गर्दै उनले भने, ‘ विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघले गाजा लागुऔषध होइन भनेर त्यो सूचीबाट हटाइसक्यो।’

नेपालले पनि कानुन बनाउन आवश्यक रहेको उनको भनाइ छ।

‘६२ देशमा देशमा गाँजा खेती हुन्छ। त्यहाँको आर्थिक समृद्धि विशाल भएको छ। तमाम युवालाई रोजगारको व्यवस्था भएको छ’ उनले भने ।

नेपालमा पनि राम्रो उत्तम गाँजा हुने उल्लेख गर्दै उनले दोहोर्‍याए, ‘तर आज हामीले गाजाको कानुन बनाउन सकेको छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?