+
+

नेपाल र रसियाका खेलकुद मन्त्रीबीच भेटवार्ता

रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १४:२५

१ असार, काठमाण्डौं । रसिया भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

रसियन सरकारको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री गहतराजले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई देशीय हितको विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान (कउयचतक कअष्भलअभ) पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकलाई तालिम दिने तथा दुबै देशबीच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया इच्छुक रहेको बताएका थिए ।

भेटमा मन्त्री गहतराजले नेपाल र रसियाबीचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद कुटनीतिमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरे ।

उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?