+
+

‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री, निर्माणमा दीपक र रोहितको सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १४:३३

काठमाडौं । ‘छ माया छपक्कै’पछि अर्को एक नयाँ फिल्म निर्माणमा रोहित अधिकारी र छक्कापञ्जा टीमबीच सहकार्य हुने भएको छ । फिल्म ‘छोडपत्र’ निर्माणमा यस्तो टिमअप हुन लागेको हो ।

दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मलाई रोहितले निर्माण गर्ने भएका छन् । मुख्य भूमिकामा दीपकराज गिरी, केदारप्रसाद घिमिरेसहित ‘छक्कापञ्जा’का कलाकार हुने जनाइएको छ ।

चलचित्र विकास बोर्डमा उक्त विवरणसहित ‘छोडपत्र’ शीर्षक दर्ता भएको छ । अनलाइनखबरसँग कुरा गर्दै निर्माता अधिकारीले दशैंपछि छायांकन सुरु गर्ने तयारीमा आफूहरु रहेको बताए । यतिबेला दीपक-दीपाको समूह अर्को नयाँ फिल्म निर्माणको तयारीमा छ । हेमराज बीसीले निर्देशन गर्ने यो फिल्मको शीर्षक ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’मध्ये कुन रहन्छ, निधो छैन ।

दीपाश्री ‘छोडपत्र’मा व्यस्त हुनुपर्ने भएपछि बीसीले दीपक-दीपा फिल्मको निर्देशकीय भूमिका सम्हाल्दैछन् । सामाजिक र कमेडी ड्रामा फिल्मको छायांकन असारमा गर्ने भनिए पनि वर्षाका कारण धकेलिएको हो ।

‘असारमा सुरु गर्ने तयारी थियो । आउटडोर सुट हुने योजना छ, तर पानीको कारण हामीले त्यसलाई सार्नुपर्ने भयो,’ रोहितले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?