+
+

राज्यमन्त्री वलीको विषय उठाउँदै एमालेले गर्‍यो लुम्बिनी प्रदेश सभा वैठक अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १६:४९
फाइल तस्वीर ।

१ असार,बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलको प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सभामुख पूर्ण घर्तिले जवाफका लागि सरकारलाई निर्देशन गर्दै २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

यसअघि नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले सरकारको जवाफ नआएसम्म वैठक चल्न नदिने निर्णय गरेको थियो ।

मंगलबार राज्यमन्त्री वलीले दाङ तुल्सीपुरस्थित एकराज बस्नेतको घरमा गई उनकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीलाई कुटपिट गरेकी थिइन् । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएका उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र मुख्यमन्त्री कुलप्रसाद केसीले प्रहरीलाई फोनमार्फत दबाव दिएर छुटाएको सांसद ढकालले आरोप लगाए ।

सरकारले भने राज्यमन्त्री विमलाको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?