+
+

भक्तपुरको दुवाकोटमा झुण्डिएको अवस्थामा महिलाको शव फेला  

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १२:२०
Photo Credit : Pixabay

२ असार, काठमाडौं । भक्तपुरको चाँगुनारायणमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

चाँगुनारायण नगरपालिका-२ दुवाकोटकी ४५ वर्षीय कल्पना गुरुङ आज बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

गुरुङ बिहान साढे ६ बजे घरको तेस्रो तलाको बरण्डामा सलको पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मृतक गुरुङको शव पोष्टमार्टमका लागि दुवाकोटकै केएमसी अस्पतालमा पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?