+
+

पूँजी बजार र वित्तीय क्षेत्रको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजकमा आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:१०

२ असार, काठमाडौं । पूँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या अध्ययन गर्न गठित कार्यदलको संयोजक तोकिएको छ । नेपाल धितोपत्र बोर्ड स्रोतकाअनुसार सेयर लगानीकर्ताको समस्या समाधानका लागि गठित समितिमा धितोपत्र बोर्डले संयोजक र सदस्य सचिवको नाम सिफारिस गरेको हो ।

बोर्डले निमित्त कार्यकारी निर्देशक विनयदेव आचार्यलाई समिति संयोजकका रुपमा सिफारिस गरेको थियो । यस्तै उपकार्यकारी निर्देशक रुपेश केसीलाई भने कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिएको छ । अध्यक्ष रमेश हमाल बिदा बस्नुअघि नै गत हप्ता नै बोर्डले संयोजक र सदस्य सचिव सिफारिस गरेको थियो । यस्तै समिति सदस्यमा अर्थ मन्त्रालयबाट उपसचिव इन्द्रबहादुर देवकोटा प्रतिनिधि तोकिएका छन् ।

बोर्डकाअनुसार चार सदस्सीय समितिमा रहने एक सदस्यका लागि राष्ट्र बैंकसँग ताकेता भइरहेको छ । कार्यदलले मौद्रिक नीति अगावै सेयर लगानीकर्ताका समस्या समाधानका लागि सिफारिस गर्ने छ । ‘राष्ट्र बैंकले बिहीबार अबेर वा शुक्रबार भित्रमा प्रतिनिधिको नाम पठाए पछि समितिले काम थाल्ने छ’ बोर्ड स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?