+
+
Shares

नेपाल धितोपत्र बोर्डद्वारा उद्धार कोषमा ४ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले भोटेकोशी नदीको भिषण बाढीबाट प्रभावितको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग गरेको छ।
  • बोर्ड अध्यक्ष डा. गोपाल भट्टसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।
  • भदौ १० को बाढीले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो।

३० भदौ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

भदौ १० गते भोटेकोशी नदीमा अकस्मात आएको भिषण बाढीबाट प्रभावितलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सो रकम सहयोगस्वरुप प्रदान गरिएको बोर्डले जनाएको छ । बोर्ड अध्यक्ष डा. गोपाल भट्टसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेको छ ।

भदौ १० को बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । सोको उद्धार तथा पुनर्स्थापनाका लागि कोषमा रकम संकलन हुने क्रम चलिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?