+
+

किभ पुगे फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलर, नेटोले थप सघाउने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते ७:२९

३ असार, काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, जर्मन चान्सलर ओलाफ शोल्ज र इटलीका प्रधानमन्त्री मारियो द्राघी विहीबार युक्रेनको राजधानी किभ पुगेका छन् ।

नेतात्रयले रुसले हमला गरेका किभका केही क्षेत्रमा भ्रमण समेत गरेका छन् । लगत्तै उनीहरूले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग लामो बैठक बसे ।

बैठकमा युक्रेनलाई नेटोले छिट्टै ठूलै सहयोग गर्नेबारे छलफल भयो, यद्यपि यो सहयोग कस्तो हुन्छ भन्नेबारे खुलाइएको छैन ।
न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार नेटो देशहरूले छिट्टै युक्रेनको मागअनुसार रुससँग युद्ध आक्रामक बनाउन आवश्यक ठूला हतियारहरू प्रदान गर्नेछन् ।

अप्रिलमा अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन र रक्षामन्त्री लोयड अस्टिन किभ गएका थिए । यसअघि फ्रान्सले ट्रकबाट चलाउन मिल्ने विशेष हतियार उपलब्ध गराइसकेको छ । नेटोले यस्ता हतियार थप सघाउने तयारी गरेको छ । यस्तो हतियारको आक्रमणपछि रुसले दक्षिण युक्रेनको खेरसनमाथिको कब्जा छाड्नुपरेको थियो ।

किभमा सञ्चारमाध्यमसँग कुरा गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भने, ‘हामीले यहाँ आएर यहाँको वास्तविकताबारे जानकारी लियौं । युक्रेन आफ्नो अस्तित्व रक्षाको लागि लडिरहेको छ। यहाँको स्वतन्त्रता र अस्तित्व जोगाउने जिम्मेवारी पनि हाम्रो हो । यो हाम्रो लक्ष्य हो र यसलाई प्राप्त गर्नका लागि हर प्रयास भइरहेको छ।’

सञ्चारकर्मीको एक प्रश्नमा उनले थपे, ‘युक्रेनलाई ईयूको सदस्यता लिन कुनै समस्या छैन, तर यसका लागि नियमहरू छन् र हामी युक्रेनलाई जतिसक्दो चाँडो ईयू सदस्यता प्रदान गर्ने प्रयासमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?