+
+

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको छु : प्रधानसेनापति शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १०:०१

३ असार, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।

एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सो कुरा बताएका हुन् ।

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।

उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे । उनले भने, ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई पनि भनेको छु । थप आशंका नगरौं यसलाई यहीँ नै निराकरण गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?