+
+

परराष्ट्र मन्त्रीलाई भीम रावलको सुझाव- एसपीपीमा छैनौं भनेर अमेरिकालाई पत्र लेख्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते ११:०८

३ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सुझाव दिएका छन् ।

अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै रावलले परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताए ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएको भन्दै त्यसमा सहभागी हुन नहुने बताए । ‘एसपीपी आईपीएसको अंग भएको अमेरिकन वेबसाइटमा छ । तर परराष्ट्र मन्त्री (डा.नारायण खड्का)ले होइन भन्नुभयो,’ रावलले भने ।

बैठकमा नै रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफूले त्यस्तो नभनेको भन्दै रावललाई रोक्न खोजे ।

त्यसपछि रावलले भने, ‘तथ्य आउँदा मान्छे डराउँछ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?