+
+

शनिबारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’

१० सत्रमा ५ देशका ६० वक्ता सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १७:२७

३ असार, काठमाडौं । आइसिटी फाउण्डेशन नेपालले असार ४ र ५ गते (शनिवार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना गरेको छ ।

द सोल्टी काठमाडौंमा हुने कार्यक्रममा विभिन्न ५ देशका ६० बढि वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुनेछन् । नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहश गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न ५ वटा विषयगत क्षेत्रहरुमा १० बढी शत्रहरु सञ्चालन हुनेछन्।

कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा.पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती रहेको छ ।

यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको प्रमुख वक्ताको रुपमा आफ्नो प्रस्तुती दिनेछन् ।

कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् भने कार्यक्रमको बिशिष्ट अतिथि र वत्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

कन्क्लेभका सेसनहरुमा पहिलो दिन प्रमुख वक्ता र उद्घाटन समारोहपछि डिजिटल इन्फास्ट्रक्चर एण्ड कनेक्टिभिटीको शत्र रहेको छ । यसैगरी दोश्रो सेसनको रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन रहेको छ ।

पहिलो दिनको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन रहेको छ ।

दोस्रो दिन प्रमुख वक्ताको प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्वन्धी शत्रहरु सुरु हुनेछन् । त्यसैगरी सोही दिन डिजिटल फिनोभेसन एण्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणको लागि अबको बाटो सम्वन्धी महत्वपूर्ण शत्रहरु रहेका छन ।

कन्फ्रेन्स सेसनहरुसँगै डिजिटल नेपाल सम्वन्धी केहि प्रदर्शनी स्टलहरु प्नि रहनेछन भने ह्वावेले सोहि समयमा छुट्टै हलमा ‘लाइटिङ अप द फ्युचर’ नाममा फाइभजी लगायत नयाँ प्रविधिहरु प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, एजेण्डा, अवधारणा र डिजिटल रूपान्तणका विषयमा वृहत छलफल तथा अन्र्तकृया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात यस विषयमा केन्द्रित सम्भवत यो पहिलो बृहत कार्यक्रम रहेको उनले बताए ।

आयोजकले सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाहरुसँग प्रदेशमा भइरहेको डिजिटल रुपान्तरणका अभ्यास र प्रयासहरुको बारेमा बहस सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल बस्तुस्थितीसहितको रिपोर्ट पनि आयोजकले कार्यक्रममा सार्वजनिक गर्नेछ ।

डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरु, डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ८ महत्वपूर्ण क्षेत्रका सरोकारवालाहरु, कर्पोरेट तथा बैकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरुसहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?