+
+
सेयर बजारको ओरालो यात्रा :

दोस्रो बजारमा रुचाइएका कम्पनीकै सेयर मूल्यमा भारी गिरावट

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ असार ३ गते २१:५५

३ असार, काठमाडौं । पछिल्लो समयमा शेयर बजार लगातार घटिरहेको छ ।

सरकारले ल्याएका नीतिका कारण बजार घटेको भन्दै केही लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् ।

मौद्रिक नीतिको अवधि नजिकिदैं जानू, सेयर बजार सुधारमा अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले पूर्णता पाउनू लगायतका कारणले अब बजार नघट्ने आशामा केही लगानीकर्ता छन् ।

यही बेला केही लगानीकर्ताहरु भने बजार थप नघट्ने तर्क गरिरहेका छन् । १० महिना अवधिमा शुक्रबारसम्म एक हजार २ सय २८ अंकले घटेको छ । बजारबाट १२ खर्ब रुपैयाँ गुमाएका लगानीकर्ता यतीबेला त्रास, पर्ख र हेरको अवस्थामा देखिन्छन् ।

यसैको सेरेफेरोमा हामीले बजारका केही राम्रा भनिएका कम्पनीको एक वर्षको मूल्य अवस्था अध्ययन गरेका छौं । जसमा राम्रा भनिएका कम्पनीको सेयर मूल्य ५० प्रतिशत भन्दा बढीले घटेको देखिन्छ ।

जीवन बीमातर्फ लगानीकर्ताले रुचाउने कम्पनी हो नेपाल लाइफ इन्सुरेन्स । एनएलआईसीको सेयर पछिल्लो एक वर्षमा ६६ प्रतिशतसम्म घटेको छ । यो अवधिमा अधिकतम प्रतिकित्ता २१ सय ९१ रुपैयाँसम्म पुगेको थियो । तर ओरालो लागेको बजारमा कम्पनीको सेयर मूल्य ७२१ रुपैयाँसम्ममा झर्‍यो । शुक्रबार यो कम्पनीको सेयर मूलय ७ सय ३० रुपैयामा कारोबार भएको छ ।

लगानीकर्ताले दोस्रो बजारमा अर्को राम्रो भनिएको कम्पनी हो नबिल बैंक । बैंकको सेयर दोस्रो बजारमा अधिकतम् एक हजार ७४० रुपैयाँसम्म पुगेको थियो भने न्युनतम् ८१५ रुपैयाँमा पनि झ¥यो । अहिले कम्पनीको सेयर मूल्य ८२५ रुपैयाँ छ ।

दोस्रो बजारमा लगानीकर्ता झुम्मिने अर्को कम्पनीको हो हिमालयन डिष्टीलरी । यो कम्पनीको सेयर मूल्य ओरोलो लागेको बजारमा आधा भन्दा बढीले घट्यो ।

अधिकतम् ७ हजार ९३८ रुपैयाँसम्म प्रतिकिक्ता खरिद बिक्री भएको कम्पनीको सेयर मूल्य न्युनतम् ३ हजार रुपैयाँसम्ममा आइपुगेको थियो । शुक्रबार बजार बन्द हुँदा यो कम्पनीको मूल्य ३ हजार ५७ रुपैयाँ प्रतिकित्ता छ ।

सरकारी स्वमित्वको नागरिक लगानी कोषको सेयर दोस्रो बजारको अर्को राम्रो स्टक हो । बजार उचाईमा पुगेको बेला प्रतिकित्ता ४ हजार ५६० रुपैयाँसम्म पुगेको कम्पनीको सेयर केही दिनअघि २ हजार २८५ रुपैयाँसम्मा झरेको थियो । शुक्रबार अन्तिम कारोबार २ हजार २९६ रुपैयाँ पुगेको छ ।

लघुवित्त क्षेत्रको अर्को राम्रो भनिने सेयर भएको कम्पनी हो महिला लघुवित्त वित्तिय संस्था । सेयर बजार उच्च रहेको १० महिना अघि प्रतिकित्ता ५ हजार ६ सय रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ३ हजार २९ रुपैयाँसम्मले घटेको थियो । शुक्रबारको कारोबार पछि कम्पनीको सेयर मूल्य ३ हजार ३८० रुपैयाँ पुगेको छ ।

कम्पनी १ वर्षको अधिकतम् मूल्य शुक्रबारको मूल्य
NLIC २१९१ ७३०
NABIL १७३२ ८१८
HDL ७९३८ ३०५७
CIT ४५६० २२९६
MLBSL ५६०० ३३८०
JBLB ५५१६ २८००
UNL २१२०० १८१००
MEN १५३० ८३०
UPPER ९६२ ४५३
नोट : बोनस शेयर दिएका कम्पनीको मूल्य समायोजन हुने गरेको छ । तर माथि उल्लेखित मूल्यमा कम्पनीले दिएको बोनसको हिसाब समावेश छैन ।

लघुवित्त क्षेत्रकै अर्को रुचाइएको कम्पनी हो जीवन विकास लघुवित्त यो कम्पनीको सेयर मूल्य १० महिना अघि बढेको बजारमा ५ हजार ५१६ रुपैयाँसम्म पुगेको थियो तर अहिले घटेको बजारमा कम्पनीको सेयर मूल्य न्युनतम् २ हजार ७ सय रुपैयाँसम्म झरेको थियो । शुक्रबार कम्पनीको सेयर मू्ल्य २ हजार ८०० रुपैयाँ छ ।

यस्तै बहू राष्ट्रिय कम्पनी यूनिलिभरको सेयर मूल्य पनि निकै उतारचढाबपूर्ण बजारका कारण घटेकै देखिन्छ । बजार उच्च भएको र ओरालो लागेको १० महिना अवधिमा कम्पनीको सेयर २१ हजार २ सयबाट घटेर १७ हजार ३७६ रुपैयाँसम्म झरेको थियो । शुक्रबार यो कम्पनीको दोस्रो बजारमा बिक्री भएको सेयर मूल्य १८ हजार १०० छ ।

जलविद्युततर्फको माउण्टेन इनर्जी कम्पनीको सेयर मूल्य एक हजार ५ सय ३० रुपैयाँको अधिकतम् मूल्यबाट घटेर ८ सय ३० रुपैयाँसम्म झर्‍यो ।

जलविद्युततर्फ लगानीकर्ताले कारोबार गर्ने अर्को कम्पनी अपर तामाकोशी हो । बढेको बजारमा प्रतिकित्ता ९६२ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर अहिले घटेको बजारमा न्यूनतम् ४ सय ५३ रुपैयाँसम्म आईपुग्यो । शुक्रबार यो कम्पनीको अन्तिम कारोबार ४५२ रुपैयाँमा भएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?