+
+

एन्फा निर्वाचन : कृष्ण मुरारी गुरुङले फिर्ता लिए सदस्यकाे उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १५:३७

४ असार, काठमाडौं । यही असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

हाम्रो फुटबल नेपाल नामक फुटबल समर्थककाे संस्था खाेलेर नेपाली फुटबलसँग जाेडिएका गुरुङले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए ।

तर गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् । उनले ताेकिएकाे समय भन्दा ढिला भएपछि एन्फामा उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए ।

प्राविधिक रुपमा उम्मेदवारीकाे नाम रहेपनि उनले आफ्नाे नाम फिर्ता भएकाे जानकारी गराएका हुन् ।

‘हामीले सोचेकोभन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुँचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतिहार पनि आफूसँग नभएपछि यसकाे अर्थ नभएर उम्मेदवारी फिर्ता लिने निर्णय गरे’ गुरुङले भने, ‘उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता लिएपछि मेरो प्रतिस्पर्धा हुनेछैन । मैले जित्ने सम्भावना पनि छैन र जिते पनि जान्न ।’

गुरुङले सिन्धुली जिल्ला फुटबल संघको विवाद मिलाउन प्रयास गरेपनि एक समूहले एकपक्षीय रुपमा कमिटी बनाएको र एन्फाले त्यसलाई मान्यता नदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?