+
+

सरकारले लुकीछिपी एसपीपी अघि बढाएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १७:१३

५ असार, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लुकीछिपी अघि बढाएको आरोप लगाएका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकाटाले संसदबाट पारित गरिएको एमसीसी सम्झौता पनि सरकारले त्यसै गरी अघि बढाएको आरोप लगाए ।

सरकार र अदालतले पारदर्शीता अपनाउन नसकेको भन्दै उनले भने ‘सुरुवाती अवस्थामा एमसीसीमा लुकीछिपी निर्णय गरे । अहिले बहुचर्चित एसपीपीमा पनि त्यहीँ गरेका छन्’, उनले बताए ।

सांसद देवकोटाले पारदर्शीता नभएकै कारण सरकारका हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको आरोपसमेत लगाए ।

सांसद देवकाटाले सरकारले आफना सबै निर्णयहरु वेबसाइटमार्फत् सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिका र धरान नगरपालिकाले आफ्नो बैठक समेत लाइभ गराएर पारदर्शीताको उत्कृष्ट नमूना प्रर्दशन गरेको भन्दै सोही अनुसारको काम सरकारले पनि गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?