+
+

विश्वास र सुनितालाई रोड रेस उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १९:२९

५ असार, काठमाडौं । महेन्द्र भवन स्कुलका विश्वास श्रेष्ठ र अनमोल ज्योति स्कुलका सुनिता रोकायले ओलम्पिक दिवसमा आयोजना भएको रोड रेसको उपाधि जितेका छन् । विश्वास ब्वाइजमा तथा सुनिताले गल्र्समा उपाधि जितेका हुन् ।

बृहस्पति विद्या सदन (बिभीएस) स्कुलको आयोजनामा शनिबार भएको रोड रेसमा ब्वाइजमा शान्ति विद्याका प्रदिप रोकाले दोस्रो तथा अनमोल ज्योतिका आभुषण सिंहले तेस्रो स्थान हासिल गरे ।

गल्र्समा प्यारागनकी रेश्मा घर्ती दोस्रो तथा अनलज्योतिकी अर्पणा लामाले तेस्रो स्थान हासिल गरिन् ।

विजयी खेलाडीले शिल्डसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, ओलम्पिक कमिटि अन्तरगत स्पोर्ट्स एण्ड इन्भारमेन्टका अध्यक्ष गोबद्र्धन श्रेष्ठ र बिभीएसका प्रिन्सिपल कुमार थापालगायतले पुरस्कृत गरे ।

रोड रेसमा १० स्कुलका करिव १२० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । सोही रोड रेसबाटै बिभीएसको आन्तरिक अर्थात हाउसबीचको विजेतोको पनि छिनोफानो गरिएको स्पोर्ट्स एण्ड इन्भारमेन्टकी सचिव डोल्मा लामा शाहले जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?