+
+

कन्दरा ब्यान्डको व्यवस्थापनको जिम्मा नेपग्याज्मले लिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १८:२२

काठमाडौं । पोखरेली सांगीतिक ब्यान्ड कन्दरा र नेपग्याज्म लाइभ इभेन्टबीच व्यावसायिक सम्झौता भएको छ ।

सम्झौता अनुसार कन्दराका गीत-संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनसम्मका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्टले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले जानकारी दिए ।

नेपग्याज्मले व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिने भएपनि आफूहरु खुलेर संगीत सिर्जनामा लाग्न पाउने उनले बताए ।

लेककी हे माया, हिउँ त होइन, भेंडी गोठैमा लगायतका चर्चित गीत दिइसकेको कन्दराले आफ्ना तीनको गीतको रिप्राइज्ड भर्सन पनि ल्याउँदैछ । नयाँ गीतको तयारी पनि सुरु भइसकेको विवेकले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?