+
+

रुपन्देहीका तीन पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १९:२४

७ असार, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत हुुने भएका छन् ।

पुरस्कार प्रदानका लागि गठित मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गर्ने निर्णय गरेको हो ।

पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । जिसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक हुन् । त्यस्तै आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव र दैनिकपत्रका प्रबन्ध सम्पादक हुन् । भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख हुन् ।

बुटवल उपमहानगरपालिकाद्धारा स्थापित यो पुरस्कार नेपाल पत्रकार महासंघ रुपन्देहीको सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो । कोरोना महामारीका कारण रोकिएको तीन वर्षको पुरस्कार मूल्यांकनका लागि महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद पहाडीको संयोजकत्वमा मूल्यांकन समिति गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?