+
+

कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १२:११

८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर नै आयोजना हो ।’ विकास आयोजना सञ्चालित ठाउँका स्थानीबासीहरु भन्छन्,’हामी विकास विरोधी हेनौं तर हाम्रो ठाउँबाट विद्युत तार लान पाइँदैन ।’

विद्युत प्राधिकरणले निर्माण गरिएका प्रायः सबै प्रसारण लाइनहरु स्थानीयको अवरोधका कारण अलपत्र छन् । त्यसमध्येका एक हो कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन आयोजना । प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध त छदैंछ, त्यसमाथि सबैभन्दा ठूलो समस्या वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा रहेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख विद्युत आपूर्तिलाई भरपर्दो गुणस्तरीय तथा पर्याप्त र भेरी, बबई र कर्णाली नदी बेसीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइनका लागि यो आयोजना सुरु गरिएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानी र ७ को बानियाँभारमा ९ वटा टावर निर्माणमा अस्थानीयले अवरोध गरेका छन् । चिसापानीमा ६ वटा र बानियाँभारमा ३ वटा टावर निर्माण गर्नु पर्ने छ । प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै स्थानीयले जग्गामा पाँच बुँदे खबरदारी सूचना जारी गरेका छन् । उनीहरुको निरन्तरको अवरोध र समस्या समाधानका लागि स्थानीय प्रशासनसँग भइरहेका छलफलमा सहमति नजुटका त्यस क्षेत्रमा प्रसारण लाइनको काम हुन नसकेको आयोजनाका इन्जिनियर कृष्ण खड्काले बताए ।

प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै सुर्खेतको भेरीगंगा नगरपालिका-१० छिन्चुमा ६ वटा टावर निर्माणमा अवरोध गरेका छन् । ५२ किलोमिटर प्रसारण लाइनमा १६१ वटा टावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये अहिलेसम्म २० वटाको मात्रै जाग हालिएको छ ।

बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज भएर जाने प्रसारण लाइनले करिब १३ हजार रुख कटान गर्नु पर्ने छ । रुख कटानका लागि  मन्त्रिपरिषदले स्वीकृति दिएको छ । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको प्रसारण लाइनका लागि अगस्ट २०२०मा ठेक्का सम्झौता भएको थियो ।

आयोजना अन्तर्गतको सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको हो । सुर्खेत, दैलेल, कालिकोट, जुम्लामा कोहलपुरबाट ३३ केभी लाइनबाट विद्युत आपूर्ति भइरहेको छ । ३३ केभी लाइन लामो हुँदा  ट्रिपिङ हुँदा लाइन जाने र न्यून भोल्टेजको समस्या पनि छ ।

कोहलपुर-सुर्खेत-दैलेख १३२ प्रसारण लाइन र सुर्खेत तथा दैलेखमा मा १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि कर्णाली क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने  प्राधिकरणले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?