+
+

मोडल वाच : मिस नेपाल प्रियंकाको ‘क्युट लुक्स’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:४५

काठमाडौं । मिस नेपालको ताज जित्न भाग्यमानी हुनु जरुरी छ वा छैन ? प्रियंकारानी जोशीको बुझाइ छ, ‘भाग्यले मलाई एक प्रतिशत पनि साथ नदिएको भए म यहाँसम्म आउँदिन थिएँ जस्तो लाग्छ । कडा मेहनत र प्रतिबद्धता आफ्नो ठाउँमा छ, भाग्यले पनि साथ दिनुपर्दो रहेछ ।’

उनै २४ वर्षीया प्रियंकाले गत शनिबार मिस नेपाल वर्ल्ड २०२२ को संस्करण जितेकी छन् । काठमाडौंकी स्थायी बासिन्दा उनी आमसञ्चार तथा पत्रकारिताकी विद्यार्थी समेत हुन् । सुन्दा लाग्छ उनलाई पत्रकारिताले समाज बुझ्ने र तार्किक क्षमता दिएको छ ।

प्रियंका आफूलाई लगनशील, विश्वसनीय र भाग्यमानीको रुपमा तीन शब्दमा अर्थ्याउँछिन् । मिस नेपालबाहेक परिवारको पुख्र्यौली पेशाको रुपमा रहेको गरगहना व्यवसायमा सघाउँदै आएकी उनी मिस नेपालको कार्यकाल सकिएपछि गहना सम्बन्धी अध्ययन गर्न अमेरिका जाने तयारीमा छन् ।

मिडियामा गरेको इन्टर्नसिप र मिस नेपालको अनुभवलाई समेटेर आगामी मिस वर्ल्डको संस्करणमा केही न केही जित हासिल गर्ने उनको विश्वास छ । ‘मिस वर्ल्डबाट एउटा न एउटा विधा जितेर आउँछु भन्ने मनोबल बनाएकी छु,’ प्रियंका भन्छिन्, ‘भए हुन्छ, नत्र आफ्नो बेस्ट दिएर आउँछु भन्ने मनोबल बनाएर जान्छु ।’

वाचाल स्वभावकी प्रियंका अहिलेसम्म सिंगल छिन् । सोचविचार राम्रो भएको र माया गर्ने पुरुष उनलाई मन पर्छ । अनमोल केसीसँग डेट जान चाहने उनी कबड्डी फिल्ममा अभिनय गर्न रुचि राख्छिन् । डान्सिङ प्रियंकाको मुख्य रुचि हो, तर आफूलाई नाच्न नआउने उनी बताउँछिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?