+
+

धितोपत्र बोर्डविरुद्ध कारबाहीको तुस पोख्दै दीपेन्द्र अग्रवाल !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १८:१९
सेयर लगानीकर्ताको आन्दोलनमा सहभागी अग्रवाल ।

८ असार, काठमाडौं । सेयर लगानीकर्ताले सुरु गरेको आमरण अनसन बुधबार ८ औं दिन हो । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड परिसरमा जारी आन्दोलनमा बुधबार अपरान्ह एउटा समूह बोर्ड अध्यक्ष रमेशकुमार हमालविरुद्ध चर्को नाराबाजीमा उत्रियो । हमालविरुद्ध अपशब्दसहित गाली गलौज गर्दै नाराबाजी गर्ने मध्येका एक हुन् दीपेन्द्र अग्रवाल ।

बोर्ड परिसरमा भएका आन्दोलन र चर्को नाराबाजीमा सोमबार, मंगलबार र बुधबार पनि अग्रवालले चर्को नाराबाजी गरे ।

सेयर बजारको नियामक निकायबाट खराब आचरणका कारण पटक-पटक कारबाही खेपेका उनै अग्रवाल अहिले बोर्ड परिसरमा लगानीकताले जारी राखेको आन्दोलनमा सक्रिय छन् । जानकारहरुकाअनुसार जारी आन्दोलनको अगुवाइ नै अग्रवालले गरिरहेका छन् ।

घटेको सेयर बजारमा नियामकविरुद्ध आन्दोलन गर्न अग्रवालले सामाजिक सञ्जालबाट समूह खडा गरेको र आफूलाई कारबाही गर्ने नियमकविरुद्ध तुस पोख्न आन्दोलनलाई प्रयोग गरेको आरोप धितोपत्र बोर्डका अधिकारी लगाउँछन् ।

ठगीको अभियोगमा धितोपत्र बोर्ड र बीमा समितिबाट कारबाहीमा परेका विवादित सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल यतिबेला आफूलाई कारबाहीको सिफारिस गरेको नियमक निकायविरुद्ध आन्दोलनमा खनिएका छन् ।

गोल्डम्यान इन्भेष्टमेन्टमार्फत् सर्वसाधारणलाई ठगी गरेको गम्भीर अभियोगसहित बोर्डले गत चैतमा अग्रवाललाई अनुसन्धान गरेर कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्राचार गरेको थियो । ‘गोल्डम्यान इन्भेष्टमेन्टमार्फत् सामाजिक सञ्जालबाट सर्वसाधरणसँग रकम दोब्बर हुने भन्दै रकम उठाएपछि हामीले कारबाही सिफारिस गरेका हौं,’ बोर्ड स्रोतले भन्यो ‘हामीले गत चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान विभागलाई भनेको थियौं ।’

धितोपत्र बोर्ड र कम्पनी ऐन दुवैअनुसार प्रतिकूल ढंगले अग्रवालले लगानीकर्ताबाट रकम उठाएको देखिएपछि छानबिन गरेको पनि धितोपत्र बोर्डले जनाएको छ । यस्तै जनरल इन्स्योरेन्सको सञ्चालक रहेकै अवस्थामा सेयर किनबेचमा संलग्न भएको भन्दै अग्रवाललाई बीमा समितिले २०७८ वैशाखमा सञ्चालक समितिबाट निलम्बन गरेको थियो ।

बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले सेयरमा चलखेल गरेपछि अग्रवाललाई सञ्चालकबाट निलम्बन गरेर अनुसन्धान गरेको अनलाइनखबरलाई बताए । ‘अग्रवालले सेयरमा तलमाथि गरेको पाइएपछि सञ्चालकबाट निलम्बन गरेर अनुसन्धान गरेका हौं,’ प्रवक्ता पौडेलले भने, ‘ पछि उनले त्यो प्रकरणमा सफाइ त पाए तर बोर्डबाट आफैं हटे ।’

तर, अग्रवालले आफूमाथि लागेको आरोप निराधार भएको दाबी गरे । स्वार्थ बाझिने आन्दोलनमा तपाईंको भूमिका के हो भन्ने अनलाइनखबरको जिज्ञासमा अग्रवााले भने, ‘आन्दोलनमा आफ्नो भूमिका ५२ लाख लगानीकर्ताको हितका लागि हो । यो देशमा राम्रो गर्नेलाई गाली गरिन्छ,’ उनले थपे, ‘साढे ३ वर्षदेखि ५८ बुँदा माग राखेर गरिरहेको आन्दोलनबारे जानकार हुँदा हुँदै बोर्ड अध्यक्ष अमेरिका घुम्न जानु कति जिम्मेवार हो ? ’ आफूले गलत गरेको भए कारबाही गरेर जेलमा राख्न पनि अग्रवालले चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?