+
+

मूल्यवृद्धिको विरोधमा संयुक्त ट्रेड युनियन संघर्ष समितिको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १८:४३

९ असार, काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूलयवृद्धि विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा भएको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्नेहरुले मूल्यवृद्धि तत्काल फिर्ता दिन माग गरे ।

नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘दलहरुलाई सरकारमा लैजाने पनि मजदुरले हो र अब सडकमा ल्याउने पनि मजदुरले हो,’ उनले भने, ‘त्यसैले मूल्यवृद्धिले मजदुरलाई परेको समस्या बुझ्नुहोस् ।’

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?