+
+

विराटनगरको बजेटको आकार साढे ३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते ६:०७

१० असार, विराटनगर । आर्थिक वर्ष २०७९/८० का लागि विराटनगर महानगरपालिकाले साढे तीन अर्बको बजेट ल्याउने भएको छ ।

नागेश कोइराला नेतृत्वको टिमले आज ३ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउने भएको हो । जुन चालु आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम हो ।

चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको थियो । विराटनगरका मेयर कोइरालाले ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० करोड भित्र रहेर बजेट आउने बताए ।
महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । बजेट मार्फत करको दरलाई घटाइनेछ ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी एजेन्डा बनाएका थिए । उनको पहिलो निर्णय पनि करको दर घटाउनका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने थियो । कार्यदलको सिफारिसका आधारमा दर समायोजन गरिएको महानगर स्रोत बताउँछ ।

बजेटमा ठूला योजना भने नहुने बताइएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बजेट प्रस्तुत हुनेछ ।

धेरैजसो पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट पेश गर्दैछन् । केही पालिकाहरुले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?