+
+

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १८:४३

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा गणपूरक संख्या नपुगेपछि आधा घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाले नीति अनुसन्धान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेकपा एमालेका सांसद झपट रावलले गणपूरक संख्या नपुगेको भनी प्रश्न उठाएका थिए ।

संसदमा कुनै प्रस्ताव निर्णयार्थ पेश गर्दा कुल सदस्य संख्याको एक चौथाइ सदस्य अर्थात ६९ जना उपस्थित हुनुपर्ने संविधानको व्यवस्था छ । सांसद रावलले प्रश्न उठाएपछि सभामुख सापकोटाले सदस्य संख्या यकीन गर्न संसद सचिवालयलाई निर्देशन दिएका थिए ।

३ मिनेट समय दिएर सांसदको संख्या गणना गर्दा ६३ जनामात्र उपस्थित भएको पाइएको थियो । त्यसपछि सभामुख सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?