+
+

अन्तर्घात नभए आम चुनावमा बहुमत आउँछ : उपसभापति खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १९:३३

१२ असार, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अन्तर्घात नभए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा उनले अन्तर्घात नभए प्रदेश र संघको चुनावमा कांग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।

३० वैशाखमा भएको स्थानीय तहमा अन्तर्घातका कारण ६२ देखि ६५ पालिका गुमाएको उपसभापति खड्काले बताए । पार्टीभित्र समस्या भयो भन्दैमा अर्को दललाई मत दिनु कुनै हालतमा सह्य नहुने उनले बताए ।

खड्काले पार्टीमा देखिएका समस्या वार्ता र छलफलका माध्यमबाट समाधान गरिनुपर्ने बताए । ‘रुख र चारतारे झण्डा बिर्सिएर सूर्यमा भोट हाल्नेहरु प्रति पार्टीले गम्भीर समीक्षा गर्छ’ उनले भने ।

उनले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २०४९ सालपछि सबैभन्दा बढी लोकप्रिय जनमत पाएको समेत दावी गरे ।

उनले पार्टीभित्रको बिमति पार्टीमा बसेर छलफल सम्वादका माध्यमबाट सुल्झाउन आवश्यक रहेको औल्याए । ‘हामी अरूका गल्ती मात्र देख्छौं । अन्तरविरोध समीक्षा गर्न आवश्यक छ । सभापति देउवासँग केही व्यक्तिको विवाद होला । तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भए नि’ खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?