१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजित बैठकको उदघाटन समारोहलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरिरहेका छन् ।
देशभरबाट करिब एक हजार ५०० जना सहभागी भएको भनिएको सो बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4