+
+

क्यानडा जाने क्रिकेट टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते १७:४२
बिदाइपछि सामूहिक तस्वरी खिचाउँदै नेपाली टिम । तस्वीर : चन्द्र आले/अनलाइनखबर

१२ असार, काठमाडौं । क्यानडामा हुन लागेको २ एक दिवसीय सिरिज खेल्न जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले क्यानडाको वातावरण स्कटल्याण्डको जस्तै रहेकाले यो भ्रमण लिग टूका लागि उपयोगी हुने बताए । उनले क्यानडामा टिम बलियो बनाएर स्कटल्याण्ड जाने बताए । ‘स्कटल्याण्डमा हुने सबै खेलहरुमा राम्रो गरे लिग टूमा पनि माथि जाने अवसर हुनेछ’, उनले भने ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिग टूमा स्कटल्याण्डमा चुनौतीका रुपमा रहेको भन्दै खेलाडीलाई राम्रो गर्न शुभकामना दिए ।

सदस्य सचिव टंकलाल घिसिङले क्रिकेटमा सिङ्गो देशको चासो रहेको बताए । उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘चार्मिङ गेम हो ,  क्रिकेट फ्यानले राम्रो खेलको अपेक्षा गरेका छन्, मलाई विश्वास छ, त्यो अपेक्षा पूरा हुने छ ।’

नेपालले क्यानडामा २ वटा एकदिवसीय क्रिकेट खेल्ने नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा एक दिवसीय खेल्ने तालिका छ ।

नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा हुने शृङ्खला अघि तयारीस्वरुप यो शृङ्खला खेल्न लागेको हो ।

क्यानडामा द्विपक्षीय शृङ्खला खेलेर नेपाली टोली उतैबाट स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग-टूका ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ ।

२१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

खेलाडीको बिदाइका लागि आयोजित समारोह्यमा अलस्टार नेपालका म्यानेजिङ डाइरेक्टर सञ्जय शर्माले नेपाल क्रिकेट उत्थानका लागि २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान पनि गरेका छन् ।

नेपाली क्रिकेट टिमका विकासका लागि आफूले सहयोग गरेको शर्माले बताए ।

लिग टू अंक तालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?