+
+

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते १२:४०

१४ असार,बुटवल । चट्याङ लागेर रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सियारी गाउँपालिका-२ का ४५ वर्षीय रामनाथ बरई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलका अनुसार मंगलबार बिहान खेतमा गएका उनको चट्याङ लागेर मृत्यु भएको हो ।

बरईको शवलाई पोष्टमार्टका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?