+
+

इंग्लिस क्रिकेट कप्तान मोर्गनको सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २०:३१

१४ असार, काठमाडौं । इंग्ल्याण्डको सिमित ओभरको क्रिकेट टिमका कप्तान तथा विश्वकप विजेता कप्तान इयान मोर्गनले क्रिकेटबाट सन्यास लिएका छन् ।

३५ वर्षीय मोर्गनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ‘यो सजिलो निर्णय होइन,’ उनले भने, ‘तर मलाई विश्वास छ यो सही समय हो ।’ पछिल्लो समयमा उनको प्रदर्शनमा स्थिरता थिएन भने फिटनेस समेत पहिला जस्तो थिएन ।  उनले सेतो बलमा खेलका पछिल्ला २६ खेलमा मात्र एउटा अर्धशतक बनाएका थिए ।

इंग्ल्याण्डले आउँदो हप्ता भारतमा ३ खेलको टी-२० शृंखला खेल्ने छ । यस्तै अक्टुबरमा अष्ट्रेलियामा टी-२० विश्वकप पनि हुने छ । महत्वूर्ण प्रतियोगिता अगावै  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले शरीरले साथ दिंदासम्म घरेलु क्रिकेट खेल्ने बताएका छन् ।

मोर्गनको कप्तानीमा इंग्ल्याण्डले सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । उनकै नेतृत्वमा इग्ल्याण्ड एक दिवसीय र टी-२० वरीयतामा शीर्ष स्थानमा पुगेको थियो ।

मोर्गनको सन्यासपछि अब उनको स्थान हालका उपकप्तान जोस बटलरले पाउने सम्भावता रहेको बेलायती मिडियाले जनाएका छन् । बटलरले मोर्गनको अनुपस्थितिमा केही खेलमा कप्तानी गरिसकेका छन् ।

मोर्गनले इंग्ल्याण्डका लागि एकदिवसीय र टी-२० मा सर्वाधिक खेल खेल्ने र रन बनाउने खेलाडी हुन् ।  उनले इंग्ल्यान्डका लागि २२५ एकदिवसीयमा ६ हजार ९५७ र ११५ टी-२० मा २ हजार ४५८ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?